Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

मनोवैज्ञानिक कोचिङ

बिरामी होइन, तर दिशा हराएको छ

“सबै ठीकै छ, तर अब के गर्ने भन्ने थाहा छैन।”

सबै कुरा उपचार होइन। कहिलेकाहीँ प्रश्न रोगको होइन — दिशाको हुन्छ। त्यस्तो अवस्थामा कोचिङ उपयुक्त हुन सक्छ।

थेरापी कि कोचिङ?

यो फरक बुझ्नु महत्त्वपूर्ण छ, किनभने गलत छनोटले समय खेर जान्छ।

  • कोचिङ — तपाईं स्थिर हुनुहुन्छ, काम-निद्रा-सम्बन्ध चलिरहेको छ, तर के गर्ने भन्ने प्रश्न छ
  • थेरापी — डिप्रेसन, चिन्ता, burnout, वा पुरानो आघात भित्र छ
  • दुवै चाहिने अवस्था पनि हुन्छ — पहिले थेरापी, त्यसपछि कोचिङ

एउटा महत्त्वपूर्ण कुरा

उपचार नगरिएको डिप्रेसनमाथि कोचिङ राख्दा योजना बन्छ तर लागू हुँदैन — र त्यसले “मलाई त केहीले पनि काम गर्दैन” भन्ने विश्वास झन् बलियो बनाइदिन्छ। त्यसैले पहिले के भइरहेको छ छुट्याउनु जरुरी छ। दुवै छ भने थेरापी पहिले।

कोचिङमा के हुन्छ?

  • अहिले कहाँ हुनुहुन्छ र कहाँ पुग्न चाहनुहुन्छ — स्पष्ट पार्ने काम
  • आफ्ना मूल्य र प्राथमिकता पहिल्याउने
  • बानी, समय, र निर्णयका ढाँचामाथि व्यावहारिक काम
  • आफैंले लगाएका बन्देजहरू हेर्ने — perfectionism, अरूको स्वीकृतिको खोजी
  • कदम-कदममा योजना, र त्यसको समीक्षा

मनोवैज्ञानिकले गर्ने कोचिङ किन फरक हुन्छ?

नेपालमा “coach” शब्द नियमन गरिएको छैन — जोसुकैले प्रयोग गर्न सक्छ। मनोवैज्ञानिकले गर्ने कोचिङको फाइदा यो हो: कुरा गर्दै जाँदा यो दिशाको प्रश्न होइन, क्लिनिकल कुरा रहेछ भन्ने देखिएमा त्यो चिन्न र भन्न सकिन्छ।

कसका लागि उपयुक्त हुन्छ?

  • काम राम्रो चलिरहेको तर अर्थहीन लाग्न थालेको
  • करियर वा जीवनको ठूलो मोडमा उभिएको
  • विदेश जाने कि नजाने, फर्किने कि नफर्किने भन्ने अनिर्णय
  • मध्य जीवनको पुनर्विचार — रोग होइन, प्रश्न
  • आत्मविश्वास र निर्णय क्षमतामा काम गर्न चाहने
कोचिङ उपचार होइन। डिप्रेसन, चिन्ता वा आघातका लक्षण छन् भने पहिले थेरापी उपयुक्त हुन्छ — कुन चाहिन्छ भन्ने पत्ता लगाउने कुराकानीबाटै सुरु गर्न सकिन्छ।

कसरी सुरु गर्ने?

के भन्ने थाहा नभए पनि हुन्छ। कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ, र सोध्नु भनेको बुक गर्नु होइन।

आपत्कालीन सेवा होइन। संकटमा नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

← सबै सेवाहरू · English version