Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

सुरु गर्ने तरिका

सेसन कसरी बुक गर्ने?

के भन्ने थाहा नभए पनि सुरु गर्न सकिन्छ। तीन तरिका छन् — जुन सजिलो लाग्छ, त्यही रोज्नुहोस्।

१. WhatsApp — सबैभन्दा सजिलो

एउटा म्यासेज पठाउनुहोस्। लामो लेख्नु पर्दैन — “कुरा गर्न चाहन्थेँ” भन्दा पनि पुग्छ। नेपालीमै कुराकानी हुन्छ, र कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ।

WhatsApp मा लेख्नुहोस्

२. फोन

लेख्न भन्दा बोल्न सजिलो लाग्छ भने फोन गर्नुहोस्। कार्यालय समयमा नेपालीमै कुरा हुन्छ।

+97714588419

३. Intake form

पहिल्यै विवरण पठाउन चाहनुहुन्छ भने form भर्न सकिन्छ। क्लिनिकले हेरेर समय मिलाउँछ।

ध्यान दिनुहोस्: यो form अहिले अंग्रेजीमा मात्र छ। अंग्रेजीमा भर्न असजिलो लाग्छ भने चिन्ता नलिनुहोस् — WhatsApp वा फोनबाट नेपालीमै सुरु गर्न सकिन्छ, र आवश्यक कुरा हामी सोधिहाल्छौं।
Intake form खोल्नुहोस् (अंग्रेजी)

पहिलो सेसनमा के हुन्छ?

  1. 1

    स्वागत

    थेरापिस्टले गोपनीयताबारे बताउनुहुन्छ र तपाईंलाई के भइरहेको छ सुन्नुहुन्छ। यो सोधपुछ होइन।

  2. 2

    कुराकानी

    तपाईंको अवस्था, पृष्ठभूमि, र तपाईं के परिवर्तन चाहनुहुन्छ — त्यसबारे खुला कुरा।

  3. 3

    अर्को कदम

    गति, तरिका (अनलाइन कि प्रत्यक्ष), र नियमित सेसन चाहिन्छ कि चाहिँदैन — सँगै निर्णय।

शुल्क

शुल्क वेबसाइटमा राखिँदैन। पहिलो पूर्ण सेसनअघि नै स्पष्ट रूपमा भनिन्छ, त्यसैले अनपेक्षित रकम आउँदैन। सोध्न सङ्कोच नमान्नुहोस् — यो सामान्य प्रश्न हो।

गोपनीयता

तपाईंको कुरा गोप्य रहन्छ, र तपाईं थेरापी लिँदै हुनुहुन्छ भन्ने कुरा पनि। परिवारलाई रिपोर्ट गरिँदैन। सेसन कहिल्यै रेकर्ड गरिँदैन।

यो आपत्कालीन सेवा होइन। तत्काल जोखिममा हुनुहुन्छ भने नेपालमा TUTH हेल्पलाइन 1166 मा २४ घण्टै सम्पर्क गर्न सकिन्छ।

← नेपाली मुख्य पृष्ठ · English version