हाम्रा सेवाहरू
तपाईंलाई के भइरहेको छ?
रोगको नाम थाहा हुनु जरुरी छैन। तल आफ्नो अवस्थासँग मिल्ने कुरा खोज्नुहोस् — वा सिधै सोध्नुहोस्, हामी सँगै पत्ता लगाउँछौं।
“मन अडिँदैन, निद्रा लाग्दैन, सधैं केही न केही चिन्ता लागिरहन्छ।”
व्यक्तिगत परामर्श
चिन्ता, डिप्रेसन, तनाव, र जीवनका परिवर्तनहरूका लागि एक-एकमा कुराकानी। CBT, ACT र करुणा-केन्द्रित विधि प्रयोग हुन्छ।
विस्तृत जानकारी (अंग्रेजीमा) →“उही कुरामा झगडा दोहोरिन्छ, वा अब बोल्नै छाडियो।”
जोडी परामर्श
सञ्चार, दोहोरिने झगडाको ढाँचा, विश्वास टुटेपछिको मर्मत। एक जनाबाट पनि सुरु गर्न सकिन्छ।
विस्तृत जानकारी (अंग्रेजीमा) →“वर्षौं भइसक्यो, तर त्यो कुरा अझै असर गरिरहेको छ।”
आघात (Trauma) र PTSD
बिस्तारै, सुरक्षालाई पहिलो राखेर गरिने काम। घटना विस्तारमा सुनाउनै पर्दैन — पहिले स्थिरता, त्यसपछि मात्र प्रशोधन।
विस्तृत जानकारी (अंग्रेजीमा) →“ध्यान टिक्दैन, काम सुरु गर्नै सक्दिनँ, बारम्बार बिर्सिन्छु।”
वयस्क ADHD
मूल्यांकनमा आधारित उपचार, र दैनिक व्यवस्थापनका सीप। हामी औषधि लेख्दैनौं — आवश्यक भए मनोचिकित्सककहाँ पठाउँछौं।
विस्तृत जानकारी (अंग्रेजीमा) →“छोरा/छोरी बोल्दैनन्, विद्यालयमा समस्या छ, कसरी सहयोग गर्ने थाहा छैन।”
किशोर परामर्श (१४+)
किशोरको कुरा गोप्य रहन्छ — त्यही भएर मात्र यो काम गर्छ। सुरक्षाको कुरा भए अभिभावकलाई जानकारी गराइन्छ।
विस्तृत जानकारी (अंग्रेजीमा) →“काम राम्रो चलिरहेको छ, तर भित्र केही छैन जस्तो लाग्छ।”
पेशागत तनाव र burnout
उच्च दबाबको काम, perfectionism, र थकान। स्थिर हुनुहुन्छ र दिशाको प्रश्न छ भने psychological coaching पनि हुन्छ।
विस्तृत जानकारी (अंग्रेजीमा) →
कुन सेवा चाहिन्छ थाहा छैन भने?
यो सबैभन्दा सामान्य अवस्था हो, र समस्या होइन। आफूलाई कस्तो भइरहेको छ भन्नुहोस् — कुन तरिका उपयुक्त हुन्छ भन्ने काम हाम्रो हो, तपाईंको होइन।
सेसन कसरी हुन्छ?
- • काठमाडौं (अनुराग मार्ग) मा प्रत्यक्ष, वा सुरक्षित भिडियोबाट अनलाइन
- • नेपाली, अंग्रेजी वा हिन्दीमा
- • विदेशमा बस्नुहुन्छ भने पनि अनलाइन सम्भव छ
- • शुल्क पहिलो पूर्ण सेसनअघि नै स्पष्ट भनिन्छ
- • सेसन कहिल्यै रेकर्ड गरिँदैन