Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

मन ठीक छैन भन्ने भन्न पनि गाह्रो हुन्छ

के भन्ने, कहाँबाट सुरु गर्ने, वा यो कुरा भन्न लायक हो कि होइन — यी प्रश्न लिएर आउनु सामान्य हो। कुनै रोगको नाम थाहा हुनु जरुरी छैन।

Bhatta Psychotherapy — काठमाडौंमा प्रत्यक्ष र सुरक्षित भिडियोमार्फत अनलाइन। नेपाली, अंग्रेजी र हिन्दीमा।

मान्छेहरू प्रायः यी कुरा लिएर आउँछन्

“अरूले के भन्लान्?”

यो नेपालमा सबैभन्दा ठूलो बाधा हो — समस्या आफैं होइन, थाहा भइहाल्छ कि भन्ने डर। त्यसैले भन्न आवश्यक छ: तपाईंको कुरा गोप्य रहन्छ। तपाईं यहाँ आउनुभएको छ भन्ने कुरा पनि गोप्य हो।

रेकर्ड सुरक्षित clinical portal मा राखिन्छ — इमेल, spreadsheet वा च्याटमा होइन। सेसन कहिल्यै रेकर्ड गरिँदैन। विस्तृत जानकारी (अंग्रेजीमा)

कसलाई भेट्ने?

हामी मनोवैज्ञानिक हौं — कुराकानी र मनोवैज्ञानिक विधिबाट उपचार गर्छौं, औषधि लेख्दैनौं। औषधि आवश्यक देखिएमा मनोचिकित्सककहाँ पठाउँछौं। फरक बुझ्नुहोस्

कसरी सुरु गर्ने?

सबैभन्दा सजिलो तरिका — WhatsApp मा एउटा म्यासेज। के भन्ने थाहा नभए पनि हुन्छ; “कुरा गर्न चाहन्थेँ” भन्दा पनि पुग्छ। कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ।

आपत्कालीन सेवा होइन। संकटमा नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

नेपालीमा थप लेखहरू: ब्लग पढ्नुहोस् · English site