Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

हाम्रो बारेमा

तपाईंले कोसँग कुरा गर्नुहुनेछ?

थेरापीमा जाने निर्णयको ठूलो हिस्सा यही हो — मान्छे कस्तो होला, र मैले भनेको कुरा कसरी लिइएला भन्ने।

“मलाई नराम्रो ठान्लान् कि?”

यो सबैभन्दा धेरैलाई रोक्ने डर हो। स्पष्ट भनौं — थेरापिस्टको काम फैसला गर्नु होइन। तपाईंले जे भन्नुभयो, त्यो पहिले पनि सुनिएको छ। रिस, इर्ष्या, पछुतो, कसैलाई माया मार्नु — यी मान्छेका सामान्य कुरा हुन्, र यही कुरा भन्न पाउने ठाउँ नै थेरापी हो।

साथै तपाईंलाई कुनै निर्णयमा धकेलिँदैन। छुट्टिने, जागिर छोड्ने, वा कसैसँग सम्बन्ध तोड्ने — यी तपाईंका निर्णय हुन्।

मनोवैज्ञानिकहरू

श्री डम्बर राज भट्ट

मनोवैज्ञानिक · संस्थापक

MA (Clinical Psychology), PhD अध्ययनरत। CBT मा Beck Institute (अमेरिका) र DBT मा Linehan Institute (अमेरिका) बाट तालिम। Certified Clinical Trauma Professional (Level 2)। वयस्क ADHD, आघात र CPTSD, जोडी परामर्श, र पेशागत तनावमा मुख्य काम।

नेपाली, अंग्रेजी र हिन्दीमा सेसन।

ध्यान दिनुहोस्: उहाँ मनोवैज्ञानिक हुनुहुन्छ, मेडिकल डाक्टर होइन — त्यसैले औषधि लेख्नुहुन्न। आवश्यक देखिए मनोचिकित्सककहाँ पठाइन्छ।

सृजना घिमिरे

मनोवैज्ञानिक

MA (Clinical Psychology), नर्सिङ (BSc) पृष्ठभूमिसहित। चिन्ता, डिप्रेसन, तनाव, सम्बन्ध, र किशोरसँगको काममा अनुभव।

हामी कसरी काम गर्छौं

गोपनीयता

तपाईंको कुरा गोप्य रहन्छ — र तपाईं थेरापी लिँदै हुनुहुन्छ भन्ने कुरा पनि। परिवार वा जसले अपोइन्टमेन्ट मिलाइदियो, कसैलाई रिपोर्ट गरिँदैन।

रेकर्ड सुरक्षित clinical portal मा राखिन्छ — इमेल, spreadsheet वा च्याटमा होइन। सेसन कहिल्यै रेकर्ड वा transcribe गरिँदैन। विस्तृत जानकारी (अंग्रेजीमा)

कहाँ र कसरी

Anurag Marg, Kathmandu 00182, Nepal मा प्रत्यक्ष, वा सुरक्षित भिडियोबाट अनलाइन — नेपालभित्र र विदेशमा बस्नेहरूका लागि पनि।

कुरा गर्न चाहनुहुन्छ?

सोध्नु भनेको बुक गर्नु होइन। पहिले बुझ्न मात्र पनि सम्पर्क गर्न सकिन्छ।

← नेपाली मुख्य पृष्ठ · English version