प्यानिक अट्याक अचानक मन र शरीरमा आउने तीव्र डर वा असुरक्षाको अनुभव हो — धड्कन बढ्ने, सास फेर्न गाह्रो, र “म मर्छु” जस्तो लाग्ने। यो जीवनको खतरा होइन, तर अत्यन्तै frightening हुन सक्छ।
लक्षण के–के हुन सक्छ?
- छाती दुख्ने वा धड्कन छिटो
- सास फेर्न गाह्रो, घुटन सकिने
- काँप्ने, पसिना, चक्कर
- मृत्यु वा पागल हुने डर
- वास्तविक खतरा नभए पनि भाग्न मन लाग्ने
किन हुन्छ?
तनाव, अनिद्रा, परीक्षा/कामको दबाब, पुरानो trauma, वा अचानक चिन्ताको चक्र। कहिलेकाही शारीरिक कारण (thyroid, heart) पनि हुन सक्छ — पहिलो पटक भएमा चिकित्सक जाँच उपयोगी।
अहिले के गर्ने?
- सुरक्षित ठाउँमा बस्नुहोस् — यो चरण बित्नेछ
- छोटो सास: ४ सेकेन्ड inhale, ६ सेकेन्ड exhale
- ५–४–३–२–१: आँखाले वरपरका ५ वस्तु देख्नुहोस्
- कफी, धेरै स्क्रिन, र निद्रा कम — अस्थायी रोक्नुहोस्
Also read: Anxiety therapy in Kathmandu (English) →
Also read: डिप्रेसन बुझ्ने — नेपाली परिप्रेक्ष्य →
कहिले मनोचिकित्सक?
बारम्बार प्यानिक अट्याक, बाहिर ननिस्कने, वा काम/पढाइ बिग्रिएमा psychologist-led therapy (CBT) मद्दत गर्छ। Bhatta Psychotherapy मा काठमाडौं र अनलाइन — नेपाली, अंग्रेजी, हिन्दी।