Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

पेशागत तनाव र burnout

बिदा लिए पनि थकान गएन

“काम त गरिरहेकै छु — तर भित्र केही बाँकी छैन।”

डाक्टर, नर्स, इन्जिनियर, शिक्षक, बैंक र NGO मा काम गर्ने धेरै जना यही अवस्थामा आउँछन् — काम चलिरहेको हुन्छ, तर भित्रबाट सकिएको हुन्छ।

थकान र burnout फरक हुन्

थकान आरामले मिल्छ। Burnout मिल्दैन — बिदा सकिएर फर्कंदा उही अवस्था हुन्छ। यही कुराले धेरैलाई अलमल्याउँछ, र वर्षौं “अलि सुस्ताए हुन्छ” भन्दै बित्छ।

कस्तो देखिन्छ?

  • बिदा वा निद्रा पछि पनि नजाने थकान
  • पहिले मन पर्ने काममा अब चासो नहुनु
  • सेवाग्राही, बिरामी वा सहकर्मीप्रति चिसोपन आउनु
  • सानै कुरामा रिस उठ्नु, घरमा झर्को लाग्नु
  • एकाग्रता घट्नु, सजिलो काममा पनि गल्ती हुनु
  • टाउको दुख्ने, ग्यास्ट्रिक, निद्रा नलाग्ने — रिपोर्ट नर्मल

Burnout र डिप्रेसन

यी मिल्दाजुल्दा देखिन्छन्, र सँगै पनि हुन सक्छन्। सामान्यतया burnout काम-केन्द्रित हुन्छ — बिदामा केही हल्का हुन्छ। डिप्रेसनमा जीवनका सबै क्षेत्रमा रमाइलो हराउँछ, र बिदाले फरक पार्दैन। यो फरक छुट्याउनु उपचारका लागि महत्त्वपूर्ण छ।

नेपाली सन्दर्भ

यहाँ धेरै पेशामा “थकियो” भन्नु कमजोरी मानिन्छ — विशेष गरी स्वास्थ्यकर्मी र वरिष्ठ पदमा। साथै एउटै तलबले धेरै जनालाई पाल्नुपर्ने अवस्थामा काम छोड्ने विकल्प नै हुँदैन। त्यसैले प्रश्न प्रायः “जागिर छोड्ने कि नछोड्ने” होइन — “यही अवस्थामा के सम्भव छ” हो।

उपचारमा के हुन्छ?

  • पहिले burnout, डिप्रेसन, वा दुवै — के हो छुट्याउने
  • निद्रा र शरीरका लक्षणमा सिधा काम
  • perfectionism र “नाइँ भन्न नसक्ने” बानीमाथि CBT
  • काम र जीवनबीचको सीमा — व्यावहारिक रूपमा, आदर्श कुरा होइन
  • ठूलो निर्णय (राजीनामा, ठाउँ परिवर्तन) हतारमा नगर्न सुझाव

गोपनीयता

सानो पेशागत वृत्तमा यो चिन्ता स्वाभाविक हो। तपाईंको कुरा र तपाईं थेरापी लिँदै हुनुहुन्छ भन्ने दुवै गोप्य रहन्छ। कार्यालय वा सहकर्मीलाई केही जाँदैन। चाहनुहुन्छ भने अनलाइन सेसन पनि हुन्छ।

Burnout लामो भयो भने डिप्रेसनतिर जान सक्छ। आफूलाई हानि गर्ने विचार आइरहेको छ भने नपर्खनुहोस् — नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

कसरी सुरु गर्ने?

के भन्ने थाहा नभए पनि हुन्छ। कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ, र सोध्नु भनेको बुक गर्नु होइन।

आपत्कालीन सेवा होइन। संकटमा नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

← सबै सेवाहरू · English version