Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

मनोवैज्ञानिक · संस्थापक

श्री डम्बर राज भट्ट

MA (Clinical Psychology), PhD अध्ययनरत। वयस्क ADHD, आघात र CPTSD, जोडी परामर्श, र पेशागत तनावमा मुख्य काम। नेपाली, अंग्रेजी र हिन्दीमा सेसन।

“डाक्टर” कि होइन?

उहाँ मनोवैज्ञानिक हुनुहुन्छ — मेडिकल डाक्टर होइन। त्यसैले औषधि लेख्नुहुन्न। नाम अघि Mr. लेखिन्छ, Dr. होइन। औषधि आवश्यक देखिएमा मनोचिकित्सककहाँ पठाइन्छ र सँगै काम गरिन्छ।

तालिम

  • MA, Clinical Psychology · PhD अध्ययनरत
  • CBT — Beck Institute, अमेरिका
  • DBT — Linehan Institute, अमेरिका
  • Certified Clinical Trauma Professional (Level 2)
  • IFS-informed parts work
  • Adult ADHD Coach

मुख्य काम गर्ने क्षेत्र

  • वयस्क ADHD — मूल्यांकनमा आधारित उपचार र दैनिक सीप
  • आघात, PTSD र CPTSD — बिस्तारै, सुरक्षालाई पहिलो राखेर
  • जोडी परामर्श — दोहोरिने झगडा, विश्वास टुटेपछिको काम
  • पेशागत तनाव र burnout

सेसन कस्तो हुन्छ?

सोधपुछ होइन। तपाईंले जति भन्न सक्नुहुन्छ त्यति भन्नुहुन्छ। कुन विधि किन प्रयोग गर्दै छौं भन्ने तपाईंलाई भनिन्छ, र तयार नभएको कुरा भन्न कर लगाइँदैन।

विदेशमा बस्ने नेपालीहरूका लागि

धेरै नेपाली विदेशबाटै सुरक्षित भिडियोमार्फत सेसन लिन्छन्। धेरैले भन्ने कुरा एउटै हो — पारिवारिक र सांस्कृतिक सन्दर्भ सुरुदेखि बुझाउनु नपर्दा राहत हुन्छ। तर औषधि तपाईं बस्ने देशकै डाक्टरले लेख्नुपर्छ।

यो आपत्कालीन सेवा होइन। तत्काल जोखिममा हुनुहुन्छ भने नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

कसरी सुरु गर्ने?

के भन्ने थाहा नभए पनि हुन्छ। कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ, र सोध्नु भनेको बुक गर्नु होइन।

आपत्कालीन सेवा होइन। संकटमा नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

← सबै सेवाहरू · English version