Skip to content
Bhatta Psychotherapyप्रमाणमा आधारित थेरापी, काठमाडौं

मनोवैज्ञानिक

सृजना घिमिरे

MA (Clinical Psychology), नर्सिङ (BSc) पृष्ठभूमिसहित। चिन्ता, डिप्रेसन, तनाव, सम्बन्ध र किशोरसँगको काममा अनुभव।

तालिम र पृष्ठभूमि

  • MA, Clinical Psychology
  • BSc Nursing — स्वास्थ्य सेवाको पृष्ठभूमि
  • चिन्ता, डिप्रेसन र तनावमा काम
  • किशोर-किशोरी (१४+) सँगको काम

नर्सिङ पृष्ठभूमिले के फरक पार्छ?

शरीर र मनको सम्बन्ध बुझ्न सजिलो हुन्छ। नेपालमा मानसिक तनाव प्रायः पहिले शरीरबाट देखिन्छ — टाउको दुख्ने, ग्यास्ट्रिक, थकान — र यी लक्षणलाई कहिले चिकित्सकीय जाँच चाहिन्छ, कहिले मनोवैज्ञानिक सहयोग, त्यो छुट्याउन यो अनुभव काम लाग्छ।

महिला थेरापिस्ट चाहिएको छ भने

धेरै महिला र किशोरीलाई महिला थेरापिस्टसँग कुरा गर्न बढी सजिलो हुन्छ, र यो माग गर्नु पूर्ण रूपमा उचित हो। बुक गर्दा भन्नुहोस् — कुनै स्पष्टीकरण दिनु पर्दैन।

सेसन कस्तो हुन्छ?

पहिलो सेसनमा गोपनीयताबारे बताइन्छ, र तपाईंलाई के भइरहेको छ सुनिन्छ। जति भन्न तयार हुनुहुन्छ त्यति भन्नुहोस् — बाँकी बिस्तारै। सेसन नेपाली वा अंग्रेजीमा, प्रत्यक्ष वा अनलाइन।

यो आपत्कालीन सेवा होइन। तत्काल जोखिममा हुनुहुन्छ भने नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

कसरी सुरु गर्ने?

के भन्ने थाहा नभए पनि हुन्छ। कार्यालय समयमा सामान्यतया केही मिनेटभित्रै जवाफ आउँछ, र सोध्नु भनेको बुक गर्नु होइन।

आपत्कालीन सेवा होइन। संकटमा नेपालमा TUTH हेल्पलाइन 1166, २४ घण्टै।

← सबै सेवाहरू · English version